Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

झापामा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

झापामा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

  • मंगलवार, कार्तिक १ २०७९

  • 304
    SHARES

  • झापामा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

    झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्।

    बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

    मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्।

    भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५स्२५ बजे मृत्यु भएको हो।

    घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


    मंगलवार, कार्तिक १ २०७९०७:४७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij