Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागे

भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागे

  • सोमवार, आश्विन ३१ २०७९

  • 383
    SHARES

  • भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागे

    काठमाडौं । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन् ।

    सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ । भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए ।

    फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह स्रोतका अनुसार भान्साको झ्यालको डण्डी काटेर उनीहरु भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ ।

    ५ बर्षअघि निर्माण भएको बालसुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ । भागेकाहरुको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो ।

    यसअघि बाल सुधार गृहमा क्षमता भन्दा धेरै बाल बिझ्याइँकर्ताहरु भएपछि नेपालगञ्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो ।


    सोमवार, आश्विन ३१ २०७९०३:४२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij