Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भक्तपुरको गठ्ठाघरमा लुट्न गएका २ जना पेस्तोलसहित पक्राउ

भक्तपुरको गठ्ठाघरमा लुट्न गएका २ जना पेस्तोलसहित पक्राउ

  • सोमवार, आश्विन ३१ २०७९

  • 343
    SHARES

  • भक्तपुरको गठ्ठाघरमा लुट्न गएका २ जना पेस्तोलसहित पक्राउ

    काठमाडौं । भक्तपुरको गठ्ठाघरमा लुट्न गएका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अमरबहादुर मगर र संखुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवास रहेका छन् ।

    भदौ २५ मा बिहान ३ बजेतिर उनीहरुले गठ्ठाघरको एउटा घरबाट धनमाल डाँका गरेर लगेको आरोप छ । उनीहरुलाई ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताउनुभयो ।

    मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा उनीहरुसहित ४ जना लुट्न गएका थिए । सो लुटको योजना अमरबहादुर मगरले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमर ४ वर्ष डाँका चोरी मुद्दामा जेल बसेर छुटेका हुन् ।

    २०७६ पुसमा जेलमुक्त भएपछि उनी फेरि लुटपाटमा लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।


    सोमवार, आश्विन ३१ २०७९०२:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij