Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगी संक्रमणबाट ४८ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो

डेंगी संक्रमणबाट ४८ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो

उपत्यका बाहिरका जिल्ला जोखिममा 
  • आइतवार, आश्विन ३० २०७९

  • 496
    SHARES

  • डेंगी संक्रमणबाट ४८ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो
    काठमाडौं । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २९ गतेसम्म ४८ जनाको ज्यान गएको हो ।
     
    यसबीचमा संक्रमितको संख्या ४० हजार २९ र मृतकको संख्या ४८ पुगेको महाशाखाको तथ्यांक छ । जसअनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ । 
     
    उपत्यका बाहिर मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ।
     
    महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । महाशाखाको तथ्यांकमा आईनपुगेका संक्रमितको संख्या समुदाय स्तरमा अझै ५ गुणा बढी हुनसक्ने विज्ञहरूको आकलन छ । 
     
    काठमाडौं उपत्यकाबासी अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । 
     


    आइतवार, आश्विन ३० २०७९०५:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij