Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शताब्दी पुरुषको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

शताब्दी पुरुषको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

  • आइतवार, आश्विन ३० २०७९

  • 273
    SHARES

  • शताब्दी पुरुषको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो

    काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ। ललितपुरस्थिक किस्ट मेडिकल कलेजमा श्रद्धाञ्जलीका लागि उहाँको शवलाई राखिएको हो।

    स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उहाँको मृत्यु भएको थियो।

    जोशीको शवलाई अस्पताल परिसरमा राखिएपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिनेछ। त्यहाँबाट उहाँको शवलाई फेरि अस्पताल लगिनेछ।

    जोशी र उहाँकी श्रीमती राधादेवीले मरणोपरान्त आफ्नो शरीर किस्ट अस्पताललाई दान गर्ने घोषणा गर्नुभएको थियो । आफ्नो जीवनसाथीलाई अन्तिम श्रद्धाञ्जली दिन राधालाई अस्पताल ल्याइएको छ। शरीर दान गर्ने भएकोले अन्तिम संस्कार कसरी गर्ने भन्नेबारेमा परिवारबिच छलफल चलिरहेको छ।


    आइतवार, आश्विन ३० २०७९१२:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij