Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

  • आइतवार, आश्विन ३० २०७९

  • 636
    SHARES

  • सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

    आज आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको १०३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।

    डेङ्गु संक्रमणपछि उहाँलाई यहि असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।

    उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उहाँको उपचारमा प्रा. डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।


    आइतवार, आश्विन ३० २०७९०७:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij