Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सत्यमोहन जोशीको स्वास्थ्यमा अझै सुधार आएन

सत्यमोहन जोशीको स्वास्थ्यमा अझै सुधार आएन

  • शनिवार, आश्विन २९ २०७९

  • 330
    SHARES

  • सत्यमोहन जोशीको स्वास्थ्यमा अझै सुधार आएन

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ ।

    १०३ वर्षका उहाँको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    उमेर धेरै भएका उहाँमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उहाँमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ ।

    जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।


    शनिवार, आश्विन २९ २०७९१२:४७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij