काठमाडौं । पोखराको बेगनास तालमा शुक्रवार डुङ्गा दुर्घटना भएको छ । दिउँसो सवा ३ बजे बेगनास तालमा घुम्न पुगेका श्रीमान÷श्रीमती दुर्घटनामा परेका हुन् ।
डुङ्गा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान् बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् ।
दुर्घटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेको र गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताउनुभयो ।
‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनास ताल घुम्न जानुभएको उहाँहरूको ढुंगा एक्कासि पल्टिएको स्थानीयहरूले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भन्नुभयो ।