Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बागलुङ बाढी -पहिरो अपडेट: ११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता

बागलुङ बाढी -पहिरो अपडेट: ११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.8K
    SHARES

  • बागलुङ बाढी -पहिरो अपडेट:  ११ जनाको शव भेटियो, २७  जना अझै बेपत्ता

    छविलाल पाण्डे, बाग्लुङ । निरन्तरको वर्षासंगै गएराति आएको बाढीले बागलुङमा ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्।ढोरपाटन नगरपालिका ९ भुजीखोला आसपासमा रहेका रहेका बस्तीमा बाढी पस्दा ७५ घर पुरिएका छन् । बेपत्ता भएका ३८ जनामध्ये अहिलेसम्म ११ शव फेला परेको हो ।

    पहिरोमा परि मृत्यु हुने एकजना बाहेक अन्यको सनाखत हुन सकेको छैन । राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा त्यहाँका सडकसमेत क्षतविक्षत भएको छ । बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेपछि स्थानीयसहित उद्धार सुरु गरिएको हो ।

    बेपत्ताको नेपाल प्रहरी, नेपाली सेनासमेतको सहयोगबाट खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभएको छ । घटनास्थल सदरमुकामबाट १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीयले जनाएका छन् ।


    बिहिवार, भाद्र १८ २०७७०२:११:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij