Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रहिनन् कलाकार सुशीला ग्लान तामाङ

रहिनन् कलाकार सुशीला ग्लान तामाङ

  • शुक्रवार, आश्विन २८ २०७९

  • 889
    SHARES

  • रहिनन् कलाकार सुशीला ग्लान तामाङ

    काठमाडौँ । तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे उनको निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताउनुभयो ।

    अध्यक्ष दोङका अनुसार जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

    काठमाडौं शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् । अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत, संगीतको संरक्षण र संवर्द्धनमा निरन्तर लागेकी उनको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार संघ र तामाङ चलचित्र संघ नेपालले शोक वक्तव्य निकालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    तामाङको अभिनयमा अध्यक्ष दोङको रचना, संगीत तथा स्वर रहेको ‘मायाभन्दा ठूलो जात होइन (कहाँ पर्‍यो घर)’गीतको म्युजिक भिडियो शुक्रबार नै सार्वजनिक गरिने कार्यक्रम तय गरिए पनि स्थगन गरिएको दोङले सुनाउनुभयो । उनको निधनले तामाङ गीत, संगीत क्षेत्रलगायत कलाकार संघ नै स्तब्ध भएको सुनाउँदै उहाँले तामाङप्रति श्रद्धा अर्पण गर्नुभयो ।

    उनको बौद्ध परम्परा अनुसार शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।


    शुक्रवार, आश्विन २८ २०७९०५:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij