Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

युक्रेनका पक्षमा नेपालले गरेको मतदानको स्वागत

युक्रेनका पक्षमा नेपालले गरेको मतदानको स्वागत

  • शुक्रवार, आश्विन २८ २०७९

  • 653
    SHARES

  • युक्रेनका पक्षमा नेपालले गरेको मतदानको स्वागत

    काठमाडौं । युक्रेनका चार भूभाग रुसमा विलय गराउन गरिएको भनिएको जनमत सङ्ग्रहको विपक्षमा नेपालले संयुक्त राष्ट्र संघको ११ औँ आपत्कालीन विशेष साधारण सभामा गरेको मतदानको जवाफदेहिता निगरानी समितिले स्वागत गरेको छ ।

    राष्ट्रसंघको बडापत्र बमोजिम कुनैपनि राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा आक्रामकताविरुद्धको सिद्धान्तलाई अक्षुण्ण राख्ने प्रस्तावका पक्षमा मत जाहेर गर्नु प्रत्येक शान्तिप्रिय सदस्य राष्ट्रको कर्तव्य भएको समितिको भनाइ छ ।

    समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युक्रेन तथा त्यहाँका नागरिकका पक्षमा नेपाल लगायत १४३ राष्ट्रले आफ्नो मत जाहेर गरेर शक्ति राष्ट्रको कुत्सित राजनीतिलाई दुरुत्साहित गरेको छ । युक्रेनी जनताको सार्वभौमसत्ता तथा मानव अधिकारका पक्षमा विश्व समुदाय उभिएको छ । यस सिद्धान्तलाई आत्मसाथ गरेर नेपालले दिएको साथ र मतदानले नेपाली जनताको मनोभावलाई सम्मान गरेको निगरानी समितिको ठहर छ ।’


    शुक्रवार, आश्विन २८ २०७९०३:३७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij