Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुनकोशी–मरिन डाइभर्सन टनेल खन्ने कार्य आजबाट सुरु

सुनकोशी–मरिन डाइभर्सन टनेल खन्ने कार्य आजबाट सुरु

  • शुक्रवार, आश्विन २८ २०७९

  • 669
    SHARES

  • सुनकोशी–मरिन डाइभर्सन टनेल खन्ने कार्य आजबाट सुरु

    काठमाडौं । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुँदैछ ।

    सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी सुरुङ खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो । मरिन खोलबाट टनेल खन्न सुरु गरिँदैछ ।

    ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ । 

    मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभर सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । सुनकोशी नदीको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ  । 

    सो आयोजनाको उद्घाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।


    शुक्रवार, आश्विन २८ २०७९१०:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij