Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो

सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो

  • बिहिवार, आश्विन २७ २०७९

  • 338
    SHARES

  • सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो

    काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड देखिएको छ ।

    किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।

    स्वास्थ्य अवस्था केही सुधार भएपछि हिजो उहाँलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।

    डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ तीन हप्ता पुगिसकेको छ ।


    बिहिवार, आश्विन २७ २०७९०१:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij