काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अरिंगालले चिलेर ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको छ ।
पारिबजार नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई बुधबार कालो अरिंगालले चिलेको थियो ।
उनको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।