Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

  • बुधवार, आश्विन २६ २०७९

  • 370
    SHARES

  • होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

    काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

    होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

    महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् ।

    महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर गरेको थिएन । प्रहरीले अस्पतालबाट जानकारी पाएको थियो ।
    पक्राउ परेका दुवैलाई ५ दिन म्याद थप गरिएको र घटनाबारे थप छानबिन भइरहेको एसपी मैनालीले बताउनुभयो ।


    बुधवार, आश्विन २६ २०७९०४:११:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij