Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट

  • मंगलवार, आश्विन २५ २०७९

  • 292
    SHARES

  • प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट

    काठमाडौं । आज मिति २०७९ असोज २५ गते प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

    पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो ।

    उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए ।

    यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

     


    मंगलवार, आश्विन २५ २०७९०२:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij