Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • मंगलवार, आश्विन २५ २०७९

  • 413
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । नेपालको मनसुनमा हाल हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेका क्षेत्रमा कृषि, पर्यटन र पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     

     

     

     


    मंगलवार, आश्विन २५ २०७९०६:५४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij