Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बाढी पहिराेकाे प्रकाेप

कालिकोटमा मलामी जाँदा पहिरोसँगै तीला नदीमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो, खोजी कार्य जारी

कालिकोटमा मलामी जाँदा पहिरोसँगै तीला नदीमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो, खोजी कार्य जारी

  • सोमवार, आश्विन २४ २०७९

  • 1.1K
    SHARES

  • कालिकोटमा मलामी जाँदा पहिरोसँगै तीला नदीमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो, खोजी कार्य जारी
    काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा हिजो दिउँसो मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । 
     
    शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर शुभराज बमले जानकारी दिनुभयो । 
     
    स्थानीयले आज बिहान खबर गर्दा १५ जना सम्पर्कविहीन भएको सूचना दिए पनि प्रहरी घटनास्थल पुग्दा १३ जना बेपत्ता भएको पाइएको बमले बताउनुभयो । उहाँका अनुसार हिजो दिउँसो एक बजेतिर तीला नदीमा मलामी गएका उनीहरू माथिबाट खसेको पहिरोमा परी बेपत्ता भएका हुन् । 
    बेपत्ता हुनेमा वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना रहेका छन् । साथै पहिरोले दुई÷तीनवटासहित बगाएको उहाँले बताउनुभयो । बिहान प्रहरी चौकी नाग्मगाड र खललागाडबाट दुई टोली जेसिबीसहित घटनास्थल पठाइएको थियो ।
     
    बेपत्ताहरूको नामावली संकलन भइसकेको र उनीहरूको खोजी गर्ने काम जारी राखेको बमले बताउनुभयो । कर्णाली राजमार्गको सात÷आठ ठाउँमा पहिरो खसेकाले जिल्लाबाट उद्धारका लागि जान सक्ने अवस्था नभएको र स्थानीयको सहयोगमा घटनास्थल पुगेका प्रहरीले खोजी कार्य जारी राखेको उहाँले जानकारी दिनुभयो । 
     
    पहिरोमा परी बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजंग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन्।
     


    सोमवार, आश्विन २४ २०७९०२:२९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij