Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

हुम्लामा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु

हुम्लामा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु

  • सोमवार, आश्विन २४ २०७९

  • 241
    SHARES

  • हुम्लामा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु

    हुम्ला । हुम्लाको चङ्खेली ६ मेल्छाममा पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति खाना खाइरहेको समयमा पहिरो झर्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ५५ वर्षका तुलसा कामी, ९ वर्षका सुस्मिता कामी, ५ वर्षका बबन कामी र ३ वर्षका होइजाली कामी रहेको प्रहरीको भनाइ छ ।

    स्थानीयबासीको सहयोगमा देउच्या कामी, उहाँका श्रीमती अबकती, छोरीहरू निरू, ममिता र एक वर्षको छोरालाई उद्दार गरिएको थियो । उनीहरूको मेल्छाम स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी चौकी मेल्छामले जनाएको छ ।

    उता कालिकोटमा मलामी गएका १५ जनाभन्दा धेरै व्यक्ति वेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले केही बेरमा प्रहरी घटनास्थल पुगेपछि वास्तविक विवरण खुल्ने बताउनुभयो ।

    उहाँका अनुसार हिजो साँझ करिब ५ बजेको समयमा स्थानीय एक युवकको मलामीका लागि मानिसहरू कुकुरखोल्सी भन्ने स्थानमा गएका थिए । तीमध्ये केहीलाई खोलाले बगाएको भन्दै स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए ।

    वेपत्ता भएकाको सङ्ख्या १५ हो वा २० भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । लगातारको पानीका कारण घटनास्थल आसपास टेलिफोन सम्पर्क गर्न समस्या भएका कारण पनि विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।


    सोमवार, आश्विन २४ २०७९१०:१५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij