Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • सोमवार, आश्विन २४ २०७९

  • 383
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    मंगलवार देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    सोमवार, आश्विन २४ २०७९०६:२३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij