Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

घरमा एक्लै रहेका बालकृष्ण ढुंगेलको निधन

घरमा एक्लै रहेका बालकृष्ण ढुंगेलको निधन

  • शनिवार, आश्विन २२ २०७९

  • 429
    SHARES

  • घरमा एक्लै रहेका बालकृष्ण ढुंगेलको निधन

    काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।

    शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उहाँ मृत भेटिनुभएको हो ।

    नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो ।

    अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ ।

    यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुनुहुन्थ्यो। सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर हुनुभएको थियो । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बस्नुभएको थियो।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएको थियो । उहाँ हाल एमालेको पोलिट्ब्यूरो सदस्य हुनुहुन्थ्यो ।


    शनिवार, आश्विन २२ २०७९०१:५५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij