Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अझै ३ दिन पानी पर्ने, मङ्गलवारदेखि मौसममा सुधार हुने

अझै ३ दिन पानी पर्ने, मङ्गलवारदेखि मौसममा सुधार हुने

  • शनिवार, आश्विन २२ २०७९

  • 423
    SHARES

  • अझै ३ दिन पानी पर्ने, मङ्गलवारदेखि मौसममा सुधार हुने

    काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ ।

    यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन पानी पर्ने सम्भावना रहेको हो ।

    आउँदो मङ्गलवारदेखि मौसम क्रमिकरूपमा सुधार हुनेछ । उहाँले भन्नुभयो, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।’

    नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि पानी परिरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताउनुभयो । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

    प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि त्यही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

    महाशाखाका अनुसार गएको २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगञ्जमा एक सय ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेल्धुरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाण्डौमा नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।


    शनिवार, आश्विन २२ २०७९११:२५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij