Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्युठानमा वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता मध्ये दुई जनाको शव फेला

प्युठानमा वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता मध्ये दुई जनाको शव फेला

  • शनिवार, आश्विन २२ २०७९

  • 388
    SHARES

  • प्युठानमा वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता मध्ये दुई जनाको शव फेला

    प्युठान । प्युठानमा लगातारको वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये दुई जनाको शव फेला परेको छ । आज शनिवार बिहान शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

    माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

    अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

    अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।


    शनिवार, आश्विन २२ २०७९०९:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij