Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागलुङ पश्चिममा नदीमा बगेर एकको मृत्यु, एक बेपत्ता

बागलुङ पश्चिममा नदीमा बगेर एकको मृत्यु, एक बेपत्ता

  • बुधवार, भाद्र १७ २०७७

  • 1.9K
    SHARES

  • बागलुङ पश्चिममा नदीमा बगेर एकको मृत्यु, एक बेपत्ता

    छविलाल पाण्डे, बागलुङ । बागलुङको पश्चिम क्षेत्रमा छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । आज दिउँसो बडिगाड खोलाले बगाउँदा ढोरपाटन नगरपालिका –१ बुर्तिबाङमा एक बालकको ज्यान गएको छ ।

    ढोरपाटन नगरपालिका –४ का प्रेमबहादुर सिर्पालीका १० बर्षीय छोरा दीलिप विकको वडिगाड नदीमा पौडी खेल्ने क्रममा बगेर ज्यान गएको हो ।

    घरदेखि बुर्तिबाङस्थित दिदीको घरमा बस्न आएका उनी साथीहरुसँग नजिकैको पौडीखेल्न गएको अवस्थामा नदीमा बगेकोे स्थानियले बताएका छन् ।

    बालकको शव करिब दुई किलोमिटर टाढा खप्तरीबाङस्थित नदी किनारमा स्थानियले फेला पारेका थिए ।

    त्यसैगरी, जिल्लाको निसीखोला गाउँपालिका –६ मा नदीले वगाउँदा एक बालिका वेपत्ता भएकी छिन् । स्थानीय राजीव बुढाकी सात वर्र्षीय छोरी सञ्जिता बुढामगरलाई मंगलबार साँझ भल्कोट खोलाले बगाएको हो ।

    खोला किनारमा खेल्दै गर्दा उनलाई खोलाले बगाएको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

    चट्याङले एकको ज्यान गयो

    मंगलबार साँझ परेको चट्याङका कारण वडिगाड गाउँपालिका –१० मा एक जनाको ज्यान गएको छ । अन्य ३ जना घाइते भएका हुन् ।

    चट्याङले बडीगाड गाउँपालिका –१० दर्लिङका ५० वर्षीय अशोक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । चट्याङले स्थानिय किरण बुढा, खेमबहादुर विक र तीर्थमान सुनार घाइते भएका छन् ।

     


    बुधवार, भाद्र १७ २०७७०६:३५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij