Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु

चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु

  • शुक्रवार, आश्विन २१ २०७९

  • 502
    SHARES

  • चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु

    काठमाडौं । चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको मृत्यु भएको छ ।

    पहिरोमा पुरिएका उनीहरुको शव निकालिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।


    शुक्रवार, आश्विन २१ २०७९०९:२०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij