Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाइने

दशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाइने

  • बिहिवार, आश्विन २० २०७९

  • 445
    SHARES

  • दशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाइने

    काठमाण्डौ – दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् ।

    साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ ।

    घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

    आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।


    बिहिवार, आश्विन २० २०७९०८:०९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij