Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा लगातार वर्षा, दिनभर पनि पानी पर्ने सम्भावना

देशका अधिकांश स्थानमा लगातार वर्षा, दिनभर पनि पानी पर्ने सम्भावना

  • बुधवार, आश्विन १९ २०७९

  • 662
    SHARES

  • देशका अधिकांश स्थानमा लगातार वर्षा, दिनभर पनि पानी पर्ने सम्भावना

    काठमाडौं । देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको छ । यसपालिको विजयदशमी ‘हिले’ हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको हो।

    महाशाखाले दशैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज १८ गते नवमीदेखि मनसुनी वर्षा सक्रिय हुने जनाएको छ।

    महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा देशभर वर्षाको सम्भावना देखिएको हो। नवमीका दिन प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    टीकाको दिन अर्थात् आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ​

    एकादशी र द्वादशीका का दिन पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।


    बुधवार, आश्विन १९ २०७९०६:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij