Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भोलि टीकाको दिन पनि पानी पर्ने, बर्षाले आवतजावतमा कठिनाइ

भोलि टीकाको दिन पनि पानी पर्ने, बर्षाले आवतजावतमा कठिनाइ

  • मंगलवार, आश्विन १८ २०७९

  • 748
    SHARES

  • भोलि टीकाको दिन पनि पानी पर्ने, बर्षाले आवतजावतमा  कठिनाइ

    काठमाडौं । दशैंको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ ।

    आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरूलाई आवतजावतमा पनि कठिनाइ भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

    अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसमविद् सजिना शाक्यका अनुसार विजया दशमीको दिन भोलि देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।

    महाशाखाका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश १, मधेश प्रदेशका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विजया दशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

     


    मंगलवार, आश्विन १८ २०७९०६:०४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij