काठमाडौं । हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा दसैं टीका लगाइने भएको छ।
दसैं टीका लगाउने उद्देश्य बोकेर मुक्तिनाथ आएका तीर्थयात्री र सर्वसाधारण दर्शनार्थीलाई मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले दसैं टीका र जमरा लगाइदिएर आर्शिवाद दिने बताउनु भएको छ।
मुक्तिनाथ मन्दिरमा बर्सेनि विजया दसर्मीको दिन सर्वसाधारण भक्तजनलाई मन्दिरका पूजारी सुवेदीले टीका र जमरा लगाइदिएर आर्शिवाद दिँदै आउनु भएको छ।
यसपटक पनि उहाँले मन्दिरमा आउने भक्तजनलाई दसैं टीका लगाइदिने जानकारी दिनुभयो।
विजया दसमीको दिन भोलि बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आरधना सुरु हुने र सो सकिएलगत्तै दसैं टीका लगाउने कार्यक्रम रहेको मन्दिरका पूजारी सुवेदीले बताउनुभयो ।