Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो

वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो

  • मंगलवार, आश्विन १८ २०७९

  • 616
    SHARES

  • वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिर आज खुला, दर्शनार्थीको घुइँचो

    काठमाडौं । बडादशैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज मंगलबार खुल्ला गरिएको छ । महानवमीका दिन मात्र खुल्ला गरिने मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

    नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट दर्शनार्थी तलेजु पुगेका छन् । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ ।

    मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा भित्र्याएका हुन् ।

    सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

    सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।


    मंगलवार, आश्विन १८ २०७९०८:४०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij