Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दशैँका लागि घर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै

दशैँका लागि घर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै

  • सोमवार, आश्विन १७ २०७९

  • 646
    SHARES

  • दशैँका लागि घर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै

    काठमाडौं । दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ । उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम छ ।

    हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्नेछन् । यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम धेरै हुन्छ ।

    दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ । हिजो एकैदिन तीव्र गतिमा गाडी चलाउने १ सय ४५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    कारबाहीमा परेकाले ५ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । तीव्र गतिमा गाडी चलाउने विरुद्ध अहिले कारबाही अभियान भइरहेको छ ।


    सोमवार, आश्विन १७ २०७९०९:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij