Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

  • सोमवार, आश्विन १७ २०७९

  • 382
    SHARES

  • मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    बस दुर्घटनामा मोरङ बेलबारी नगरपालिका वडा नम्बर ८ बस्ने ५१ वर्षका कल्पना राजवंशी र झापाको दमक नगरपालिका वडा नम्बर ५ का ६० वर्षका डिल्ली बहादुर दर्जीको मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

    काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस गएराति साढे १२ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ को चुरियामाइमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा घाइते भएका मध्य ३ जनाको चितवन मेडिकल कलेज भरतपुर, २ जनाको काठमाडाँैका विभिन्न अस्पताल र अन्यको मकवानपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेकामध्ये १४ जना सामान्य घाइते छन् ।


    सोमवार, आश्विन १७ २०७९०९:१९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij