काठमाडौं । मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली निवासी २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
करिब ८ महिना देखी उपचार (डाइलेसीस) गराइरहेका किशनको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा जय बहादुर लुहारले बताए । ‘३/४ महिना भारतमा उपचार गरे, नेपालमै सहयोग होला भनेर अहिले काठमाडौँमा उपचार गराई रहेका छौं, सबैले मेरो छोराको ज्यान बचाउन सहयोग गर्दिनु हुनेछ भन्नेमा आसावादी छु ।’, उनले भने ।
हाल किशनको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । डाक्टरको सल्लाह अनुसार छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्ने छ। त्यसका लागी मृगौलादाता खोजेर पैसा जम्मा गर्न भनिएको छ ।
हाल सम्म १२ लाख भन्दा बढी खर्च भइसकेको छ भने अझै प्रत्यारोपणका लागी आर्थिक अभाव रहेको उनका आफन्तले बताए । किशनको उपचारका लागी परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।
सहयोग गर्नुहुने सहयोगीदाताहरूका लागी किशन की आमा धना लुहारको नाममा रहेको ग्लोबल आईएमई बैंक बैतडी शाखाको खाता नम्बर ३१०७०१०४३४५२१ र बुवा जय बहादुर लुहारको नाममा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड शाखा बैतडीमा सहयोग रकम जम्मा गरिदिन हुन अनुरोध गरिएको छ । साथै सुवेच्छुक शुभचिन्तक, आफन्त, सहयोगीदाताहरूले ९८६९३३६८८४ र ९८४८८०३००० मा सम्पर्क गर्न सक्नुहुने छ ।
मृगौला पीडित किशनका १ छोरा र श्रीमती छन् ।