Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दाङमा बस दुर्घटना : ४२ घाइते, ५ जनाको अवस्था गम्भीर

दाङमा बस दुर्घटना : ४२ घाइते, ५ जनाको अवस्था गम्भीर

  • शनिवार, आश्विन १५ २०७९

  • 359
    SHARES

  • दाङमा बस दुर्घटना : ४२ घाइते, ५ जनाको अवस्था गम्भीर

    काठमाडौं । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

    घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमका अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

    अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

     


    शनिवार, आश्विन १५ २०७९०७:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij