Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक घाइते

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक घाइते

  • बुधवार, आश्विन १२ २०७९

  • 279
    SHARES

  • सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक घाइते

    काठमाडौं । सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

    बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।

     


    बुधवार, आश्विन १२ २०७९०७:००:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij