Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महाकाली नदीमा पानीको बहाव बढ्यो

महाकाली नदीमा पानीको बहाव बढ्यो

  • आइतवार, आश्विन ९ २०७९

  • 532
    SHARES

  • महाकाली नदीमा पानीको बहाव बढ्यो

    काठमाडौं । लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

    महाकालीमा आइतबार बिहानैदेखि पानीको बहाव बढिरहेको र साँझसम्म पनि बढ्ने क्रम जारी रहेको बताइएको छ ।


    जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ शारदा ब्यारेजमा पानीको बहाव १ लाख ८१ हजार ४८० क्युसेक मापन गरिएको छ । दिउँसो भने पानीको बहाव १ लाख १० हजार क्युसेक थियो ।

    पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेकाले बाढी अझै बढ्ने अनुमान गरिनुका साथै नदी तटीय क्षेत्रमा सतर्कताका लागि सूचना जारी गरिएको छ।

    महाकालीमा पानीको बहाव १ लाख क्युसे नाघ्ने बितिक्कै चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिन्छ । झण्डै सय वर्ष पुरानो पुल जीर्ण भएका कारण जोखिम हुने भन्दै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

    गत साता पनि बाढीका कारण दुई दिनसम्म ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।


    आइतवार, आश्विन ९ २०७९०५:५३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij