Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

  • आइतवार, आश्विन ९ २०७९

  • 429
    SHARES

  • १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

    काठमाडौं । सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ ।

    विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिवार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो ।

    केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई असोज ५ गते थप उपचारका लागि काठमाण्डौ ल्याइएको थियो ।

    केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

    देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पतालरस्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स–रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, लगायतका मागसहित उहाँ २०औँ अनशनमा हुनुहुन्थ्यो ।


    आइतवार, आश्विन ९ २०७९०६:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij