Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सरकारसँग सहमति पछि अनसन तोड्दै डा. केसी

सरकारसँग सहमति पछि अनसन तोड्दै डा. केसी

  • शनिवार, आश्विन ८ २०७९

  • 275
    SHARES

  • सरकारसँग सहमति पछि अनसन तोड्दै डा. केसी
    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबीच  सहमति हुने भएको छ। डा. केसीले शनिबार(आज) बेलुकी ७ः३० बजे पत्रकार सम्मेलन गरी सरकारसँग भएको सहमतिबारे जानकारी गराउने कार्यक्रम छ। 
     
    चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले धनगढीबाट आफ्नो अनसन सुरु गर्नुभएको थियो। २०औं अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडि मात्रै केसी काठमाडौं आउनुभएको थियो ।
     
    काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डा. केसीको उपचार भइरहेको छ। डा. केसीले शिक्षण अस्पतालमै पत्रकार सम्मेलन गरेर सरकारसँग भएको सहमतिबारे जानकारी दिने जनाइएको छ। 
     
    भदौ २७ गतेदेखि अनसनरत केसीले सरकारसँगको सहमतिपछि आज नै अनसन तोड्ने उहाँका सहयोगीले जानकारी दिएका छन्।
     
    चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारसहितका विभिन्न ७ बुँदे माग राख्दै केसीले २०औं अनसन सुरु गर्नुभएको थियो । 


    शनिवार, आश्विन ८ २०७९०७:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij