Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ७४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप ७४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • शनिवार, आश्विन ८ २०७९

  • 457
    SHARES

  • थप ७४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
    काठमाडौं । देशभर थप ७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा संक्रमण पुष्टि भएको  हो ।
     
    पछिल्लो सोही अवधिमा ११६ जना संक्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । 
     
    आज थप १ जना संक्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।
     


    शनिवार, आश्विन ८ २०७९०३:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij