काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
डा. केसीको समर्थक र नागरिक अगुवाले प्रदर्शन गरेका हुन् । उनीहरूले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटामोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए।
धनगढीमा अनशन सुरु गर्नुभएका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको छ । आज अनशनको १३ औं दिन हो ।