Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्यमोहन जोशीलाई डेंगु देखिएपछि किस्ट अस्पताल भर्ना

सत्यमोहन जोशीलाई डेंगु देखिएपछि किस्ट अस्पताल भर्ना

  • शनिवार, आश्विन ८ २०७९

  • 411
    SHARES

  • सत्यमोहन जोशीलाई डेंगु देखिएपछि किस्ट अस्पताल भर्ना

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । पिसाबमा संक्रमण र डेंगु देखिएपछि जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना हुनुभएको छ ।

    अस्पतालले उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ। अस्पतालका अनुसार केही दिनयता कमजोरी महसुस भएको, भोजन नरुच्नेजस्ता समस्या उनमा देखिएको शुक्रबार जोशीको निवासमा पुगेको अस्पतालको टोलीले पाएको थियो।

    अस्पतालबाट गएको टोलीले उनलाई ल्याएर इमर्जेन्सीमा भर्ना गरेको हो। अस्पतालले उनलाई मेडिसिन, पल्मोनोलजी, युरोलजी, कार्डियोलजी, नेफ्रोलजीलगायत विभागका डाक्टरले संयुक्त परीक्षण गरेको जनाएको छ।

    किस्ट अस्पतालले जोशीलाई छाति तथा मुटुको समस्या पुरानो समस्या रहेको‚ उहाँको पिसाबमा समस्या देखिएको र डेंगु पनि देखिएको जनाएको छ।

    ललितपुरको किष्ट शिक्षण अस्पतालले जोशी र उहाँकी पत्नी राधादेवीको स्वास्थ्य उपचारको जिम्मेवारी वहन गर्दै आएको छ।


    शनिवार, आश्विन ८ २०७९०७:०५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij