Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बालेनलाई सत्यमोहन जोशीको सुझाव, मेयर साप ! टुकुचा खोल्नुहोस्

बालेनलाई सत्यमोहन जोशीको सुझाव, मेयर साप ! टुकुचा खोल्नुहोस्

  • शुक्रवार, आश्विन ७ २०७९

  • 502
    SHARES

  • बालेनलाई सत्यमोहन जोशीको सुझाव, मेयर साप ! टुकुचा खोल्नुहोस्

    काठमाडौं । महानगरपालिकाका मेयर बालेन साह र शताब्दी पुरुष सत्यमोहन जोशीबीच भेट भएको छ। जोशीको स्वास्थ्य अवस्था बुझ्न मेयर बालेन शुक्रबार जोशीको निवासमा नै पुगेको मेयरका स्वकीय सचिव भुपदेव साहले जानकारी दिनुभयो ।

    जोशीको स्वास्थ्य अवस्था साथै,काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदालगायत टुकुचा खोलाको विषयमा पनि कुराकानी भएको साहले जानकारी दिनुभयो। शताब्दी पुरुष जोशीले टुकुचा खोला खुल्ला गर्नुपर्ने बताएको साहको भनाइ थियो।

    काठमाडौ महानगरपालिकाले टुकुचा खोला उत्खनन् कार्य अघि बढाएसँगै विवाद सुरु भएको छ। राणाकालमा बनेको संरचना सम्पदा हुने भन्दै आवाज उठिरहेको छ।

    टुकुचा खोलामाथि बनेको संरचनामा डोजर नलगाउन अदालतले अन्तरिम आदेशसमेत दिएको छ। सोही विवादका बेला टुकुचामाथि बनेको संरचना सम्पदा हुन् या टुकुचा खुल्ला गर्ने भन्ने विषयमा कुरा भएको थियो।


    शुक्रवार, आश्विन ७ २०७९०२:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij