Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अक्सिडेन्टल पब्लिक स्कुलको पर्खालमा चल्यो डोजर

अक्सिडेन्टल पब्लिक स्कुलको पर्खालमा चल्यो डोजर

  • शुक्रवार, आश्विन ७ २०७९

  • 518
    SHARES

  • अक्सिडेन्टल पब्लिक स्कुलको पर्खालमा चल्यो डोजर

    काठमाडौं । काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो।

    धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।

    महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिनुभयो।

    सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पनि पाइएको छ। महानगरले करिब एक महिनादेखि अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ।


    शुक्रवार, आश्विन ७ २०७९०२:२६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij