काठमाडौं । रुकुमपूर्वमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।
बिहीबार (आज) दिउँसो ३ बजेतिर भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो।
साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।
काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्यपहाडी लोकमार्ग भूमे गाउँपालिका(२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताउनुभयो
बस सडकबाट करिब एक सय मिटर तल खसेको छ।