काठमाडौं । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको छ। अहिले उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालिएको छ, मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।