Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु, बसमाथि आगजनी

स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु, बसमाथि आगजनी

  • बिहिवार, आश्विन ६ २०७९

  • 328
    SHARES

  • स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु, बसमाथि आगजनी

    काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ।

    गजुरीको आदर्श माध्यमिक विद्यालयमा पढ्ने एक विद्यार्थीलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो।

    जेब्राक्रसमै बसले विद्यार्थीलाई ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्।

    घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन्। साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका छन्।

    काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो।

    घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।


    बिहिवार, आश्विन ६ २०७९११:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij