Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दुबईमा काम गर्ने गुल्मीका युवालाई ३५ करोडको चिट्ठा

दुबईमा काम गर्ने गुल्मीका युवालाई ३५ करोडको चिट्ठा

  • बिहिवार, आश्विन ६ २०७९

  • 809
    SHARES

  • दुबईमा काम गर्ने गुल्मीका युवालाई ३५ करोडको चिट्ठा

    काठमाडौं । दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

    केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जित्नुभएको हो ।

    यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उहाँले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्नुहुन्छ । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ ।

    भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिनुभएको छ । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताउनुभएको छ।


    बिहिवार, आश्विन ६ २०७९०९:४२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij