Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

  • बिहिवार, आश्विन ६ २०७९

  • 350
    SHARES

  • कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा तीनजनाको मृत्यु भएको छ । मृतक तीनजनाको पहिचान खुलेको छ।

    गएराति बुढानिलकण्ठ नगरपालिका–११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

    मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

    आगलागी हुँदा १ जना घाइते भएका छन्। घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ। उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

    गएराति कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएको थियो।

    राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो।

     


    बिहिवार, आश्विन ६ २०७९०७:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij