Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगी संक्रमणबाट २४ जनको मृत्यु, १९ हजार बढी संक्रमित

डेंगी संक्रमणबाट २४ जनको मृत्यु, १९ हजार बढी संक्रमित

  • बुधवार, आश्विन ५ २०७९

  • 604
    SHARES

  • डेंगी संक्रमणबाट २४ जनको मृत्यु, १९ हजार बढी संक्रमित
    काठमाडौं । देशभरमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । असारयता डेंगी तीव्र रूपमा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकाअनुसार  अहिलेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो ।
     
    महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ ।
     
    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ८२९ जनामा संक्रमण देखिएको छ । दाङमा एक हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।
     
    डेंगी संक्रमितमा हुने शरीरको दुखाइ कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले पेनकिलरको प्रयोग नगर्न वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।
     
    डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु जरुरी हुने चिकित्सक बताउँछन् ।
     


    बुधवार, आश्विन ५ २०७९१२:३८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij