Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्री थापाको अगुवाईमा निःशुल्क डेंगु परीक्षण

कांग्रेस महामन्त्री थापाको अगुवाईमा निःशुल्क डेंगु परीक्षण

  • बुधवार, आश्विन ५ २०७९

  • 441
    SHARES

  • कांग्रेस महामन्त्री थापाको अगुवाईमा निःशुल्क डेंगु परीक्षण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अगुवाईमा निःशुल्क डेंगुको परीक्षण गरिएको छ ।

    पूर्व मन्त्री समेत रहनुभएको थापाको अगुवाईमा काठमाडौं महानगरपालिका वडा नं ३० द्धारा सञ्चालित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले डेंगुको परीक्षण गर्न आउनेलाई निःशुल्क सेवा दिइरहेको हो ।

    काठमाडौंमा दैनिक रुपमा फैलिरहेको डेंगुको परीक्षण केन्द्रले भदौ २१ गतेदेखि निःशुल्क गरेको हो। डेंगु परीक्षण गर्ने किट सरकारले उपलब्ध गराएकाले आफूहरुले निःशुल्क रुपमा डेंगुको परीक्षण गरिरहेको केन्द्रका कार्यालय प्रमुख डा आरती शाहले बताउनुभयो ।

    केन्द्रले हालसम्म ९१ जनाको निःशुल्क परीक्षण गरेको डा शाहले जानकारी दिनुभयो । जसमध्ये ६२ जनाको पोजेटिभ आएको थियो। हाल दैनिक रुपमा ४० देखि ५० जना डेंगुका बिरामी परीक्षणका लागि केन्द्र पुग्ने गरेका छन्। मंगलबार मात्र ३५ जनाको डेंगु परीक्षण गर्दा २५ जनामा पोजेटिभ देखिएको छ ।

    काठमाडौंको ज्ञानेश्वर ओरालो छेउमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा छ। साढे पाँच महिनादेखि यो केन्द्रले नियमित रुपमा प्राथमिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ।

    महामन्त्री थापाको प्रयासबाट यो केन्द्र सञ्चालनमा आएको हो। यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।


    बुधवार, आश्विन ५ २०७९०७:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij